खेलकुद

मेसीबिनाको अर्जेनन्टिनाले चिलीलाई सजिलै हरायो

By खबरहब

September 06, 2024

काठमाडौं- दक्षिण अमेरिकी विश्वकप छनौटअन्तर्गत अर्जेन्टिनाले चिलीलाई सजिलै पराजित गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक अलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले एक-एक गोल गरे । अर्जेन्टिनाको यस खेलमा लियोनेल मेसी चोटका कारण टिम बाहिर छन् ।

यो खेलमा अर्जेन्टिनाबाट डिबाला मेस्सीले लगाउने १० नम्बरको जर्सीमा देखिए । उनले १० नम्बर जर्सीमा उत्रिएर गोल पनि गर्न सफल भए ।

यस जितपछि ७ खेलमा छैटौं जित हासिल गर्दै अर्जेन्टिनाले १८ अंक बनाएको छ । ऊ यो महादेशमा शीर्ष स्थानमा छ ।

त्यस्तै चिलीको भने यो ७ खेलमा चौथो हार हो । चिलीको ७ खेलमा ५ अंक मात्र छ । दुई पटकको कोपा अमेरिका विजेता चिली अहिले तालिकाको नवौं स्थानमा छ ।