समाचार

पशुपति परिसरमा तीजको रौनक (तस्बिरहरू)

By खबरहब

September 06, 2024

काठमाडौं- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न भीड लागेको छ ।

यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै ब्रत बस्छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसेर शिव-पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पतिका रुपमा वरदान पाएको विश्वासमा यो ब्रत सुरु भएको पौराणिक मान्यता छ ।

हरितालिका (तीज) पर्वको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुँइचो छ।

पशुपतिनाथमा पनि आज दर्शनार्थीहरूको घुइँचो र नाचगान चलिरहेको छ । बिहानैदेखि लाइनमा बसेर भक्तजनले पशुपतिनाथको दर्शन र पूजा गरिरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी