खेलकुद

क्रोएसियालाई पोर्चुगलले हराउँदा रोनाल्डोले पूरा गरे ९०० गोल

By खबरहब

September 06, 2024

काठमाडौं- पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गत गयराति भएको खेलमा क्रोसियालाई पराजित गरेको छ ।

पोर्चुगलले क्रोसियालाई २-१ गोल अन्तरले पराजित गरेको खेलमा चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पनि करिअरको ९०० औँ गोल गरेका छन् ।

पोर्चुगलको जितमा डियोगो डोलाट र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । त्यस्तै क्रोसियाका लागि पोर्चुगलका डोलाटले आत्मघाती गोल उपहार दिए ।

यससँगै रोनाल्डोले आफ्नो करिअरमा ९००औं गोल गरेका छन् । रोनाल्डोले क्लबबाट ७६९ र पोर्चुगलका लागि १३१ गोल गरेका छन् । एक साताअघि मात्रै च्याम्पियन्स लिगमा सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डोलाई युईएफएले सम्मान गरेको थियो ।

पोर्चुगलले अब नेशन्स लिगको दोस्रो खेलमा सेप्टेम्बर ९ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । त्यस्तै क्रोसियाले सेप्टेम्बर ९ मा पोल्याण्डसँग खेल्ने छ ।