समाचार

एकनारायण मुख्यसचिव भएपछि गृहमा आए गोकर्णमणि

By खबरहब

September 06, 2024

काठमाडौं- सरकारले गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडीलाई ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवाडीलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि गृह सचिवको जिम्मेवारीमा एकनारायण अर्याल रहेका थिए । उनी मुख्य सचिवमा नियुक्त भएसँगै गृह सचिव पद रिक्त थियो । य

दुवाडीले सअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव भएर काम गरिसकेका छन् ।

अहिले उनी राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीको जिम्मेवारीमा थिए ।