राजनीति

राप्रपा र कांग्रेस बीपीका नेताबीच वार्ता, मिल्ने विकल्प खोजिँदै

By खबरहब

September 06, 2024

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेस (बीपी) का अध्यक्ष सुशीलमान शेरचन नेतृत्वको टोलीबीच शुक्रबार वार्ता भएको छ ।

दुई दलका नेताहरूबीच समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा देशको दीर्घकालीन हित, दिगो शान्ति र स्थिरताका लागि राजसंस्थाको अपरिहार्यताबारे बृहत् कुराकानी भएको श्रेष्ठले बताए ।

विचार मिल्नेहरू एक ठाऊँमा उभिएर दह्रो राष्ट्रवादी शक्ति बनाउनुपर्ने विषयमा छलफल भएको उनले बताए ।

प्रतिनिधिमण्डलमा कांग्रेस बीपीका महामन्त्री देवेन्द्र पौडेल र हेमन्त मल्ल, नेताहरू पूर्वमन्त्री झलकनाथ वाग्ले, जगन्नाथ घिमिरे, टिकेन्द्र कार्की लगायत थिए । राप्रपाबाट प्रवक्ता गोपाल दाहाल सहभागी थिए ।