खेलकुद

साउदी प्रो लिग : अल नासरको जित

By खबरहब

October 06, 2024

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासर विजयी भएको छ । गएराति भएको खेलमा अल ओरोबाहलाई ३–० गोलले हराउँदै अल नासरले जित निकालेको हो ।

अल नासरको जितमा साडियो मानेले दुई तथा क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।

यो जितपछि अल नासर ६ खेलबाट १४ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ । पराजित भएको अल ओरोबाह ७ अंकसहित ११औँ स्थानमा छ ।