अन्तर्राष्ट्रिय

श्रीलंकाको विकासमा सहयोग गर्न भारत प्रतिवद्ध

By खबरहब

October 06, 2024

काठमाडौं– श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले श्रीलंकाका लागि भारतका उच्चायुक्त सन्तोस झासँग भेटवार्ता गरेका छन् ।

केही समयअघि श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित दिसानायकेलाई बधाइ दिनका लागि उच्चायुक्त झाले भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा दुई मुलुकबीच कायम गहिरो मित्रतालाई थप सुदृढ तुल्याउने विषयमा छलफल भएको श्रीलंकास्थित भारतीय उच्च आयोगले जनाएको छ ।

भेटवार्तामा उच्चायुक्त झाले श्रीलंकाको डिजिटलाइजेसन प्रक्रियामा सहयोग गर्न भारत तयार रहेको जनाएका थिए ।

श्रीलंकाको विकासमा भारतको सहयोग निरन्तर रहने पनि झाले उल्लेख गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनले भारतको चाहना उन्नत र विकसित श्रीलंका रहेको समेत उल्लेख गरेका छन् । त्यसअघि उच्चायुक्त झाले श्रीलंकाली प्रधानमन्त्री हरिनी अमरासूर्यसँग भेटवार्ता गरेका थिए ।