सांकेतिक तस्बिर

देश/प्रदेश

करेन्ट लागेर दुई जनाको मृत्यु

By खबरहब

October 06, 2024

काठमाडौं– करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा बस्ने ५५ वर्षीय दुर्गानन्द चौधरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

आफ्नै खेतको कलमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

झापाको मेचिनगर नगरपालिका-८ सेन्टरटोल बस्ने ३८ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित राजपैनीमा विद्युतीय तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।