मनोरञ्जन

‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा कमायो २ करोड २५ लाख

By खबरहब

October 06, 2024

काठमाडौं- असोज १७ गते अर्थात् घटस्थापनाबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’को तीन दिनको कमाइ सार्वजनिक भएको छ ।

निर्माण पक्षको दाबी अनुसार फिल्मले सुरुवाती तीन दिनमा २ करोड २५ लाख ग्रस कलेक्सन भएको छ ।

वितरक अशोक शर्माका अनुसार फिल्मले पहिलो दिन बिहीबार ८० लाखको व्यापार गरेको थियो । दास्रो दिन शुक्रबार ५५ लाख र तेस्रो दिन शनिबार ९० लाख ग्रस कलेक्सन गरेको छ ।

सुरुवाती दिनदेखि नै फिल्मले दर्शकको राम्रो साथ पाएको छ । आइतबार पनि फिल्मको अकुपेन्सी उच्च रहेको छ ।

छोरीमा विवाहको दबाबको कथामा बनेको यस फिल्ममा नायिका स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका छ । फिल्मको निर्माण स्वस्तिमा र निश्चलले गरेका हुन् ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन-निर्देशन सजन काफ्ले र आकाश बरालले गरेका हुन् ।