आर्थिक

हुन्डाईले ‘हुन्डाई हाईवे एस्सुरेन्स : केयर फ्री राइड टु होम’ अभियान सञ्चालन गर्ने

By खबरहब

October 06, 2024

काठमाडौं– दशैं, तिहार र छठ पर्व मनाउन घर जाने हुन्डाई ग्राहकको लागि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले ‘हुन्डाई हाईवे एस्सुरेन्सः केयर फ्री राइड टु होम’ सेवा असोज २२ देखि २५ सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म  सञ्चालन गर्ने भएको  छ । यस अन्तर्गत मुख्य राजमार्गहरुका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइनेछ ।

हुन्डाईले दक्ष प्राविधिकहरूसहित ९ प्रमुख स्थानहरु (हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके, र कैलाली लगायत देशका राजमार्गमा चेकअप पोइन्टहरू स्थापित गरेको छ।

कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेंट र कुलेंट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ ।

विद्युतीय सवारी साधनका लागि पोर्टेबल डी.सी चार्जरहरू पनि उपलब्ध हुनेछन् । यस चाडपर्वको रमाइलोमा आफ्ना ग्राहकहरूलाई सवारी साधनको कुनै पनि चिन्ताबाट मुक्त गराउनु यस अभियानको उद्देश्य हो ।

‘हुन्डाई हाईवे एस्सुरेन्सः केयर फ्री राइड टु होम’ अभियान २०१४ देखि संचालनमा रहेको छ ।