आर्थिक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंकको ५१ लाख सहयोग

By खबरहब

October 06, 2024

काठमाडौं– एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका उच्च पदाधिकारीहरूले आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हस्तान्तरण गरेका हुन्  ।

उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।