आर्थिक

एभरेष्ट बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

By खबरहब

October 06, 2024

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस सभाले शेयरधनीलाई आव २०८०/८१ का लागि १०५ बोनस शेयर र ५.५३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै यस सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयर धनीहरूका तर्फबाट नवीन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षकालागि पुन निर्विरोध निर्वाचित गरेको छ ।

आव २०८१/८२ को लागि एन अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्तावसमेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।