आर्थिक

प्रि ओपन सेसन : दुई अंकले बढ्यो नेप्से

By खबरहब

November 06, 2024

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.०७ प्रतिशतले बढेर २६७९.४७ अंकको विन्दुमा पुगेको छ ।

उक्त सेसनमा २६ लाख २० हजार तीन रुपैयाँ बरबरको ३ हजार ९ सय ३१ कित्ता शेयर किनबेच भएको छ ।

सेसन अवधिमा २२ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १४ कम्पनीको शेयर मूल्य घट्यो । यस्तै, एउटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।