नयाँदिल्ली- अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जीत तय भइसकेको छ। यस्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिइसकेका छन् ।
तर ट्रम्पले २७० इलेक्टरोल कलेज भोटसहित विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी नै छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
Heartiest congratulations my friend @realDonaldTrump on your historic election victory. As you build on the successes of your previous term, I look forward to renewing our collaboration to further strengthen the India-US Comprehensive Global and Strategic Partnership. Together,… pic.twitter.com/u5hKPeJ3SY
— Narendra Modi (@narendramodi) November 6, 2024
‘मेरो साथी डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनावी जीतका लागि हार्दिक बधाई। तपाईंले अघिल्लो कार्यकाललाई सफलतातर्फ अघि बढाउनु भएको थियो’, उनले भनेका छन्, ‘म भारत-अमेरिका सम्बन्ध र रणनीतिक साझेदारीलाई अझै मजबुत बनाउन हामीबीच सहयोगको आशा गर्दछु । आउनुस् हामी सबै मिलेर आफ्ना जनताका लागि अझै राम्रो काम गरौँ। वैश्विक शान्ति, स्थिरता र समृद्धिलाई हामी मिलेर अघि बढाऊँ ।’
ब्रिटिश प्रधानमन्त्रीको पनि बधाई
उता अमेरिकाको मुख्य साझेदारमध्ये एक ब्रिटिश प्रधानमन्त्री किर स्टार्मरले पनि जितका लागि ट्रम्पलाई बधाई दिएका छन् । भारतीय मोदीपछि किर स्टार्मरलाई बधाई दिने दोस्रो नेता भएका छन् । किर स्टार्मरले ट्रम्पको जीतपछि ब्रिटेन र अमेरिकाबीचको विशेष सम्बन्ध नयाँ अमेरिकी प्रशासनमार्फत पनि समृद्ध हुने बताएका छन् ।
लण्डनमा टेन डाउनिङ्ग स्ट्रिटद्वारा जारी एक वक्तव्यमार्फत स्टार्मरले भनेका छन्, ‘तपाईंको ऐतिहासिक चुनावी जीतमा बधाई। म आउने वर्षमा तपाईंसँग मिलेर काम गर्न उत्सकु छु । सबैभन्दा नजिकको सहयोगीका रुपमा हामी स्वतन्त्रता, लोकतन्त्र र उद्यमको साझा साझा मूल्यको रक्षाका लागि काँधमा काँध मिलाएर उभिनेछौँ । विकास र सुरक्षादेखि नयाँ विकसित प्रविधिसम्ममा सहकायर्य गरेर आउने कयौँ वर्षसम्म एटलान्टिकका दुवैतर्फ ब्रिटेन-अमेरिकाको विशेष सम्बन्ध समृद्ध हुँदै जानेछ ।’