खेलकुद

एफए कप : न्युक्यासल युनाइटेड चौथो चरणमा प्रवेश

By खबरहब

January 07, 2024

काठमाडौँ– एफए कप फुटबल अन्तर्गत न्युक्यासल युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सन्डरल्याण्डलाई ३–० गोलले हराउँदै न्युक्यासलले सहज जित निकालेको हो ।

न्युक्यासलका लागि एलेक्जेन्डर इशाकले दुई गोल गरेका थिए भने एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो ।

सन्डरल्याण्डका डानियर बालार्डले खेलको ३५औँ मिनेटमा  आत्मघाति गोल गरेपछि न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो ।

त्यसपछि इशाकले खेलको ४६औँ र ९०औँ मिनेटमा गोल गरेपछि न्युक्यासल युनाइटेड ३–० गोलले विजयी हुँदै प्रतियोगिताको चौथो चरणमा प्रवेश गर्न सफल भयो ।