राजनीति

गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै समाजवादीले राष्ट्रियसभामा दुई पदमा उम्मेदवारी दिने

By खबरहब

January 07, 2024

काठमाडौं- नेकपा एकीकृत समाजवादीले गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई पदमा उम्मेदवारी दिने भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले सिट बाँडफाँटका विषयमा गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै दुई सिटमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले सिट संख्याका बारेमा पार्टीमा असन्तुष्टि कायम गरेको र त्यसले आगामी दिनमा केही न केही असर देखाउने बताए । त्यस्तै, बैठकले उम्मेदवारका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिइएको उनले जानकारी दिए ।