राजनीति

कांग्रेस कार्यसम्पादन समितिको बैठकमा शेखर–गगन पनि, इतर खेमा ४ सिटको अडानमा कायमै

By खबरहब

January 07, 2024

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन संस्थापनइतर समूहका नेताहरु पनि पार्टी केन्द्रीय कार्यलय सानेपा पुगेका छन् । बैठकमा शेखर कोइराला, गगन थापा, धनराज गुरुङलगायतका नेताहरु पनि पुगेको कांग्रेस प्रवक्ता मीन विश्वकर्माले जानकारी दिए ।

यसअघि सभापति देउवा निवासमा शेखर र देउवा पक्षको बैठक बसेको थियो । सो बैठकमा शेखर पक्षले ४ सिटको अडान राखेको थियो । तर, देउवाले ३ सिट दिने भनेपछि उनीहरुले बैठक छाडेर निस्किएका थिए ।

त्यसपछि इतर खेमाका नेताहरुले विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा छुट्टै छलफल गरेका थिए । सो छलफलमा इतर समूहले ४ सिट नै आफूहरुले पाउनुपर्ने अडान कायमै रहनेबारेमा छलफल भएको स्रोतको भनाइ छ ।

बैठक सुरु हुन लागेको छ । यसका लागि नेताहरुको आउने क्रम जारी रहेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।