फाइल फोटो

देश/प्रदेश

अख्तियारद्वारा चन्द्रागिरीकी असिस्टेन्ट सब–इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर

By खबरहब

January 07, 2024

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाकी असिस्टेन्ट सब–इन्जिनियर विजयालक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले घुस रकमसहित पक्राउ परेकी पन्तविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चन्द्रागिरी नगरपालिका वडा नं. १४ को कार्यालय नयाँ नैकापमा कार्यरत पन्तले सेवाग्राहीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि २५ हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ ।