आर्थिक

टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता

By खबरहब

January 07, 2024

काठमाडौं– नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच सम्झौता सम्पन्न भएको छ ।

नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच सम्झौता भएको हो ।

नेपाल टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रुपमा पुर्‍याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पुर्‍याउनका लागि एनआईटीभी नेपालले आवश्यक भुमिका निर्वाह गर्ने कम्पनिले जनाएकाे छ ।

कम्पनीका अनुसार याे सम्झौताले दुवै पक्षबिच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका सामाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ ।

आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवा बारेमा अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्‍याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्त्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने कम्पनिले जनाएकाे छ ।