फाइल फोटो

प्रहरी

जुवातास खेल्दै गरेको अवस्थामा १४ जना पक्राउ

By खबरहब

January 07, 2024

कास्की। पोखरा महानगरपालिका–१२ चापापानीमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१० बस्ने ५० वर्षीया पञ्च गुरुङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ९ सय ८५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनुरको भिमदत्त नगरपालिका(३ जामिरगाडास्थित जङ्गलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–९ बस्ने ३३ वर्षीय भवानी सिंह बुढा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४२ हजार ६ सय ४५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।