समाचार

न्यायमा सबैको पहुँच पुर्‍याउन आवश्यक छ : प्रधानन्यायाधीश श्रेष्ठ

By खबरहब

January 07, 2024

काठमाडौं – प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायमा सबै नागरिकको सहज पहुँच पु¥याउन जरुरी भएको बताएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह विमोचन समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायमा सहज पहुँच पु-याउनका लागि अदालतले प्रयत्न गरिरहेको बताए। उनले श्रमसमबन्धी महत्वपूर्ण फैसला र आदेशको प्रकाशन महत्वपूर्ण भएको बताए ।

प्रधानन्यायाधीशले श्रेष्ठले कानुनमा समाहित भएका नवीन अवधारणा र व्यवस्थाको दृष्टिकोणले महत्वपूर्ण देखिएको फैसला छनौट गरेर प्रकाशन गर्नु सान्दर्भिक भएको बताए।

श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले महत्वपूर्ण फैसला र आदेशको प्रकाशनले न्याय सम्पादनका विविध आयामबारे नागरिकलाई जानकारी हुने बताए ।