समाचार

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

By खबरहब

January 07, 2024

गोरखा । सवारी ज्यान मुद्दाका ५ वर्षदेखि फरार गोरखा नगरपालिका–९ का रामकृष्ण सिर्मललाई प्रहरीले पक्राउ गरेको छ।

२०७५ असार २ गते गोरखा नगरपालिकास्थित कट्टेलडाँडा सडक खण्डमा ग १ त ५१९२ नम्बरको ट्र्याक्टर पल्टिएर दुर्घटना हुँदा सोही ट्र्याक्टरमा सवार सुर्खेत भेरिगंगा गाउँपालिका–६ का सुशील मगरको मृत्यु भएको थियो।

घटनापछि ट्र्याक्टर चालक सिर्मल फरार रहेका थिएकोमा उनलाई आइतबार गोरखा–१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

आइतबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशले आइतबार नै आरोपित सिर्मललाई पूर्पक्षका लागि कारागार पठाइएको छ।