ब्रेकिङ स्टोरी

कांग्रेसमा कोशीबाट सिटौलाको नाम फाइनल, अध्यक्ष पनि उनैलाई दिने सभापतिको तयारी

By खबरहब

January 07, 2024

काठमाडौं- नेपाली कांग्रेसले कोशी प्रदेशमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने भएको छ । कांग्रेस स्रोतका अनुसार उनको नाम फाइनल भएपनि औपचारिक निर्णय हुन बाँकी छ ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षका लागि सिटौलालाई उम्मेदवार बनाउने तयारी समेत गरेको छ । सभापति शेरबहादुर देउवा सिटौलालाई अध्यक्ष बनाउन नरम देखिएका छन् ।

अहिले ७ बजे सिटौला विराटनगर जाने कार्यक्रम थियो । तर, कांग्रेस बैठकका कारण उनी भोलि मात्र विराटनगर जाने उनको सचिवालय सदस्य किरण सिटौलाले बताए ।

यो पनि…

गुट उपगुटले कांग्रेसमा खैलाबैला : के पाक्दैछ गगन र शेखरबीच ?

राष्ट्रियसभा अध्यक्ष कांग्रेसको भागमा, देउवाको मन सिटौलामाथि