फुटबल

एम्पोलीविरुद्ध एसी मिलानको सहज जित

By खबरहब

January 07, 2024

काठमाडौं- इटालियन सिरी ए अन्तर्गत एसी मिलानले एम्पोलीमाथि सहज जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा मिलानले एम्पोलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

मिलानको जितमा रुबेन लोफ्टस चीक, ओलिभर गिराउड र चाका ट्राओरेले एक एक गोल गरेका थिए ।

यो जितसंगै मिलानको १९ खेलमा ३९ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ । त्यस्तै एम्पोलीको भने यस हारपछि १९ खेलमा १३ अंक छ र लिगमा १९औं स्थानमा छ