फाइल फोटो

ब्रेकिङ स्टोरी

कांग्रेस बैठक बीचमै छाडेर निस्किए शेखर

By खबरहब

January 07, 2024

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक अहिले बसिरहेको छ ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा सिट बाँडफाँटबारे विवाद भएपछि शेखर कोइराला निस्किएका छन् । आफ्नो समूहले माग गरे अनुसार ४ सिट दिन संस्थापन पक्ष तयार नभए पछि कोइराला बैठक नै छाडेर हिँडेका हुन् ।

शेखर पक्षले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एक–एक वटा सिट पाउनुपर्ने माग गरेको छ । तर, देउवाले तीन सिट मात्र दिन सकिने बताउँदै आएका छन् । चार सिट दिन तयार नभएसम्म आफू बैठकमा नआउने कोइरालाले बताएका छन् ।

यो पनि…

कांग्रेसमा कोशीबाट सिटौलाको नाम फाइनल, अध्यक्ष पनि उनैलाई दिने सभापतिको तयारी