ब्रेकिङ स्टोरी

बैठकमा फर्किए शेखर, देउवासँग छलफल जारी

By खबरहब

January 07, 2024

काठमाडौं – कांग्रेस संसदीय बोर्डको बैठक बीचमै छाडेर निस्किएका शेखर कोइराला फर्किएका छन् ।

सभापति शेरबहादुर देउवा निकट नेता रमेश लेखकले फोन गरेर बोलाएपछि कोइराला फिर्ता भएका हुन् । फर्किएलगत्तै देउवा र शेखरबीच छलफल चलिरहेको छ ।

राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँटबारे विवाद भएपछि शेखर कोइराला बैठकबाट निस्किएका थिए। शेखर पक्षले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एक–एक वटा सिट पाउनुपर्ने माग गरेको छ । तर, देउवाले तीन सिट मात्र दिन सकिने बताएपछि विवाद भएको थियो ।

यो पनि…

कांग्रेसमा कोशीबाट सिटौलाको नाम फाइनल, अध्यक्ष पनि उनैलाई दिने सभापतिको तयारी

माओवादीले राष्ट्रियसभामा तीन महिला र तीन पुरुष पठाउने, यी हुन् उम्मेदवार

यी हुन् एमालेबाट राष्ट्रियसभाका १९ उम्मेदवार, कहाँबाट को ?