फाइल तस्बिर

फुटबल

म्यानचेस्टर सिटीको फराकिलो जित

By खबरहब

January 07, 2024

काठमाडौं – म्यानचेस्टर सिटी एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार हडर्सफिल्ड टाउन विरुद्ध ५–० को फराकिलो जित निकाल्दै सिटी चौथो चरणमा प्रवेश गरेको हो ।

घरेलु मैदान इथियाड स्टेडियममा सिटीको जितमा फिल फोडेनले दुई तथा जुलियन अल्भारेज, ओस्कार बोब र जेरेमी डोकुले समान १ १ गोल गरे ।

खेलको ३३ औं मिनेटमा अल्भारेजको पासमा फोडेनले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाए । ३६औं मिनेटमा अल्भारेजले गोल गरे । ५८औं मिनेटमा सिटीले फोडेनको पासमा बोबले गरेको प्रहार हडर्सफिल्डका बेन ज्याक्सनलाई लागेर क्रसबारमा लाग्दै पोस्ट भित्र छिर्यो ।

त्यस्तै खेलको ६५ औं मिनेटमा फिल फोडेनले व्यक्तिगत दोस्रो गोल गरे । जेमी डोकूले ७४ औं मिनेटमा गोल गर्दै सिटीलाई ५–० को सहज जित दिलाएका हुन् ।

आइतबारका अन्य खेलमा वेस्ट ब्रोम, रेक्सह्याम, लिड्स युनाइटेड विजयी भएका छन् ।

यो पनि…

एम्पोलीविरुद्ध एसी मिलानको सहज जित

एफए कपमा चेल्सीको सानदार जित