खेलकुद

एशियन कप : दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा

By खबरहब

February 07, 2024

काठमाडौँ– एशियन कप फुटबलमा दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न सेमिफाइनल खेलमा दक्षिण कोरियालाई २–० गोलले हराउँदै जोर्डन पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो । जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक–एक गोल गरेका थिए ।

योसँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ । इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल आज राति हुनेछ ।