सुमित्रा मालखन्दीले गत वर्षको मार्चको घटना अझै बिर्सिएकी छैनन्। त्यो उनको जीवनको सबै भन्दा दुखान्त दिन थियो। उनको परिवार श्रीलङ्काको मध्य गाउँमा एउटा किसान योग्य जमिनमा बसोबास गरेको थियो। उनी भान्सामा व्यस्त थिइन्। सोही समयमा उनको जिन्दगीको सबै भन्दा खराब दिन आएको थियो। बाहिर कतै हात्तीको गर्जन सुनिएको थियो।
मालखन्दीका श्रीमान् तिलक कुमारा गाईलाई खानेकुरा दिँदै थिए। हात्तीको गर्जनसहित होहल्ला सुनिएको थियो। उनले आफ्नो जिन्दगीको सबै भन्दा दुखद क्षणसहित आफ्नो सबै भन्दा प्रियजनलाई गुमाएकी थिइन्।
तीन बच्चाकी आमा ४५ वर्षीया उनका लागि सबै कुराबाट छुटकारा पाउन अझै धेरै समय लाग्न सक्नेछ। घना जङ्गलबाट अलिकति मात्र पर रहेको उनको घरलाई धेरै कुराले घेरेको छ। नरिवल, आँप र केराका रूखले घर घेरिएका छन्। कुरेनगाला जिल्लाका थाल्गासेवामा हात्ती र मान्छेको द्वन्द्व चलेको धेरै भइसकेको छ। यो अहिले श्रीलङ्काको सबै भन्दा दुखद अवस्था हो।
मालखन्दीका श्रीमान् तिलक कुमारा गाईलाई खानेकुरा दिँदै थिए। हात्तीको गर्जनसहित होहल्ला सुनिएको थियो। उनले आफ्नो जिन्दगीको सबै भन्दा दुखद क्षणसहित आफ्नो सबै भन्दा प्रियजनलाई गुमाएकी थिइन्।
स्थानीय अधिकारीका अनुसार पछिल्लो दुई वर्षका सो स्थानमा १० हात्ती र तीन जना मान्छेको ज्यान गइसकेको छ। साँझ परेपछि जो कोही पनि बाहिर निस्कन डराउँछन्। तर, समस्या त्यो एउटा साँघुरो घेरामा मात्र सीमित भएको छैन। गएको वर्ष श्रीलङ्कामा हात्तीको कारण ज्यान गुमाउने एक सय ७६ जनामध्य कुमारा एक हुन्। यो समयमा चार सय ७० वटा हात्ती मारिए। यी मध्येका आधा मानिसकै हातबाट मारिए भने अन्य हात्तीहरू बिमारी र अन्य दुर्घटनाका कारण मारिए।
औसतमा हरेक दुई दिनको अन्तरालमा एउटा हात्ती मान्छेबाट मारिन्छ। यसैगरी लगभग दिनको एउटा भन्दा हात्ती मारिनु त साँच्चै दुखको कुरा हो। जब किसानको ठाउँ बढ्दै गएको हुन्छन्, यसले स्वाभाविक रूपमा हात्तीको खानेकुरा र पानीलाई पनि समस्यामा पार्ने कुरा गरेको छ।
श्रीलङ्काका हात्ती विज्ञ पृथ्वी राज फर्नान्डो हात्तीलाई अन्न एकदमै मनपर्ने भएका कारण त्यहाँको किसानी नै समस्याका कारण बनेको छ।सन् २०२३ मा अहिलेसम्मकै धेरै हात्ती मरेपछि अहिले श्रीलङ्कामा हात्तीको अस्तित्व नै सङ्कटमा परेको छ।
अहिले नै सरकारले केही महत्त्वपूर्ण निर्णय र कदमको आवश्यकता देखिएको छ। अहिलेको तथ्यांक नै अत्यास लाग्दो छ। यसकारण जतिसक्दो चाँडो मानिस र हात्ती दुवैको संरक्षणका लागि केही महत्त्वपूर्ण विषयको आवश्यकता देखिएको छ।
सन् २००९ मा गृह युद्धको समाप्ति पछि सरकारले त्यहाँको स्थानीयलाई धेरै जग्गा उपलब्ध गराएको थियो। श्रीलङ्काका वातावरण विद् चण्डिका फर्नान्डोले जनाए अनुसार सोही समयमा सरकारले धेरै नै जग्गा सरकारले आम मानिसलाई किसानीका लागि धेरै जग्गा उपलब्ध गराएको थियो। त्यसपछि नै मानिसको हात्तीसँगको संसर्ग बढेको हो। श्रीलङ्कामा हात्ती मार्नु आफै जोखिमयुक्त काम हो। श्रीलङ्काको कानुन तथा धार्मिक मान्यता अनुसार यो काम अक्षम्य नै मानिन्छ। अहिले पनि श्रीलङ्कामा धार्मिक र पर्यटकीय कारणले हात्ती पाल्ने क्रम जारी नै रहेको छ।
श्रीलङ्काका हात्ती विज्ञ पृथ्वी राज फर्नान्डो हात्तीलाई अन्न एकदमै मनपर्ने भएका कारण त्यहाँको किसानी नै समस्याका कारण बनेको छ।सन् २०२३ मा अहिलेसम्मकै धेरै हात्ती मरेपछि अहिले श्रीलङ्कामा हात्तीको अस्तित्व नै सङ्कटमा परेको छ।
श्रीलङ्काको कानुनमा कडाइ भए पनि किसान आफ्नो बाली र आफ्नै जीवन जोगाउनका लागि हात्ती मार्न तयार भइहेका छन्। श्रीलङ्काले आफ्नो बाली जोगाउनका लागि किसानलाई विद्युतीय बारको प्रयोग गर्न छुट दिएको छ। यसले बिना कुनै चोट पटक हात्तीलाई भगाएर ज्यान जोगाउन सफल भएको छ। अहिले देश भरी पाँच हजार किलोमिटर यस्ता बार छन्। यस्ता बारले थल्गासेवाको घर पनि समेटिएका छन्। यसलाई अझ बढाउने योजना बनाइएको छ।
अभियन्ताकै अनुसार किसानले कानुनले मान्यता दिएको भन्दा बढी भोल्टेजको विद्युत् प्रयोग गर्दै हात्ती मार्ने गरेका छन्। उनीहरूले कहिले विषादी पदार्थको प्रयोग गर्ने गरेका छन् भने विस्फोटक पदार्थ प्रयोग गर्ने तथा गोली प्रहार गर्ने कामसमेत गर्ने गरेका छन्। चण्डिका फर्नान्डो जस्ता विज्ञको उपाय भने फरक छ। अमिलो जातको फलफूल जस्ता हात्तीलाई आकर्षित नगर्ने बालीलाई प्राथमिकता दिएमा यस्ता समस्या स्वतः हल हुने जनाइएको छ।
श्रीलङ्कामा पाँच हजार आठ सय हात्ती छन्। यी हात्ती विभिन्न किसिमका ओसिलो र घाँसे ठाउँमा रहेको तथ्यांक छ। तर, वास्तविकतामा तथ्याङ्कमा भएको भन्दा कम हात्ती हुनसक्छ।
श्रीलङ्काले आफ्नो बाली जोगाउनका लागि किसानलाई विद्युतीय बारको प्रयोग गर्न छुट दिएको छ। यसले बिना कुनै चोट पटक हात्तीलाई भगाएर ज्यान जोगाउन सफल भएको छ।
हात्ती प्रतिदिन ४८ किलोमिटरको हाराहारीमा हिँड्छ। खाने कुराको खोजी गर्दा बाहेक अन्य समय हात्तीको गति छिटो हुँदैन। यो प्राय पानीको नजिकको दुरीमा बस्न मन पराउँछ। वन विनाश अहिले अर्को समस्या बनेर थपिएको छ। वन विनाश भएपछि हात्तीको संरक्षण नै कठिन काम बनी सकेको छ।
हात्ती र मानिसको द्वन्द्व निराकरणका लागि सन् २०२० मा गठित विशेष योजनाकारी समितिको संयोजक पृथ्वीराज फर्नान्डो थिए। त्यसपछि नै श्रीलङ्कामा बढ्दो आर्थिक सङ्कटका कारण सो योजनाका बारे धेरैको चासो रहेन। तर यो अवधिमै धेरै हात्ती मरेपछि अहिले धेरैले सङ्कटको महसुस गरेका छन्। वर्ल्ड वाइड फन्ड अफ नेचरका अनुसार १९ औं शताब्दी यता हात्तीको सङ्ख्यामा ६५ प्रतिशतले कमी आएको छ।
श्रीलङ्कामा एक दशक अघिसम्म वर्षको दुई सय हात्ती मर्ने गरेका थिए। यो बढेर अहिले चार सय हात्ती मर्न थाले। पृथ्वी राज फर्नान्डोको अनुसार यहीक्रम रहेमा केही समयमा नै ७० प्रतिशत हात्तीको कमी आउने छ।
अहिले भाले जातका हात्तीको सङ्ख्या घटीरहेको छ। यस क्रमले विस्तारै त्यहाँको सन्तुलन पनि बिग्रन सक्ने छ। अहिले महामारीपछि त्यत्तिकै पनि भाले हात्ती कमै देखिन थालेका छन्। विज्ञका अनुसार जङ्गल भित्र पनि हात्ती मर्ने डर त्यत्तिकै छ। थालगासेवाकै कुरा गर्ने हो भने माल्कान्दीलाई फेरि उसैगरी हात्ती आतङ्क हुने हो कि भन्ने डरले सताउने गरेको छ। अहिले बालीमा हात्ती आतङ्कको समस्या अझै छ।
एक तथ्यांक अनुसार गएको दशकमा ६२ प्रतिशतले हात्तीको सङ्ख्या कमी आएको छ। दैनिक एक सय अफ्रिकी हात्ती मर्ने गरेका छन्। श्रीलङ्कामा रहेको हात्ती र मानिसको द्वन्द्व साँच्चै गम्भीर हो। स्रोत: वर्ल्ड एनीमल प्रोटेक्सन, बीबीसी