राजनीति

संसदीय समिति आरोप-प्रत्यारोपमा उत्रियो : गगन थापा

By खबरहब

February 07, 2024

काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय समिति आरोप–प्रत्यारोपमा उत्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिएको बताएका हुन् । समिति हतारोमा निर्देशन दिनसमेत उद्धत भएको भन्दै उनले यसले संसदीय समितिको विश्वास घटाउने बताए । 

संसदीय समितिले विश्वास गुमाउँदै गएमा संसद्ले नै विश्वास गुमाउने उनको भनाइ छ ।