राजनीति

बैङ्कहरूले मिटरब्याजीको काम गरे : एमाले प्रमुख सचेतक गिरी

By खबरहब

February 07, 2024

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बैङ्कहरूले मिटरब्याजीको काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बैङ्कहरूले वर्षमा चार पटक ब्याजदर बढाएर जनतालाई आजित बनाएको बताए ।

बैंकबाट लोन लिएको मान्छेलाई एकै वर्षमा चार पटक ब्याजदर बढाएर उसको सम्पति लिलामीमा बैङ्कहरू लागेको उनको टिप्पणी छ ।

सहकारीले नागरिकको लगानीमाथि रजाइँ गरेको भन्दै उनले सरकारले यसलाई नियमन गर्न नसकेको आरोप लगाए । सरकारले भ्रष्टाचारीहरूको संरक्षण गरेको आरोप लगाउँदै प्रमुख सचेतक गिरीले सरकार स्टन्टबाजीमा लागेको टिप्पणी गरे ।