राजनीति

सरकारलाई रविको प्रश्न ‘सुशासन कायम गर्न कसले रोक्यो ? नयाँ दलले ?’

By खबरहब

February 07, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई घोचपेच र ज्ञान बाँड्ने थलो नबनाउन आग्रह गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले ज्ञान बाँड्ने भए आफ्नै पार्टीभित्र बाँड्न सुझाव दिए ।

रास्वपा संसदमा फरक ढंगले प्रस्तुत हुन खोजेको भन्दै उनले सदनबाट सुशासन र छेडखाडीका कुरा मात्र नगर्न सत्तारुढ दलसँग अनुरोध गरे ।

सुशासन कायम गर्न कसले रोक्यो भन्दै उनले भने, ‘ सरकारलाई सुशासन कायम गर्न कसले रोक्यो ? नयाँ दलले ? हामी त ७२ घण्टा छुट्याएर कारबाही गर्ने दल हो । पुराना दलहरुले एकपटक निहा चिहाएर हेर्ने होकी ? जहाँ अदालतले फैसला गरेका मान्छेहरू पदाधिकारी हुन्छन् त्यसलाई हर्ने हो की ।’ लामो समय सरकारमा रहेका दलहरु सुशासनको मात्र कुरा गर्ने गरेको भन्दै उनले लाभका पदमा जानका लागि जे पनि गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।