समाचार

मुसहरबस्तीमा सर्वदलीय बैठक बसौँ : रवि लामिछाने

By खबरहब

February 07, 2024

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले देशका विभिन्न समस्या समाधान गर्न सर्वदलीय बैठकको प्रस्ताव गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मुसहर र दलित बस्तीमा बस्नेगरी सर्वदलीय बैठक राख्न मौखिक प्रस्ताव गरेका हुन् । 

विभिन्न ठगीमा संलग्नको सम्पत्ति जफत गरेर पीडितलाई राहत दिनेलगायतका विषयमा सर्वदलीय बैठकबाट पारित गरेर संसद्‌मा ल्याउन उनले आग्रह गरेका हुन् । 

देशमा सुशासन कायम राख्ने विषयमा पनि निर्णय गर्नुपर्ने बताए ।