समाचार

क्यान्सरपीडित जन स्वास्थ्य विज्ञ डा शाक्यको निधन

By खबरहब

February 07, 2024

काठमाडौं– जन स्वास्थ्य विज्ञ डा. करुणा लक्ष्मी शाक्यको निधन भएको छ । 

उनको ललितपुर पुल्चोकस्थित आफ्नै घरमा निधन भएको सिस्ट कलेजका प्रिन्सिपल नवीन श्रेष्ठले जानकारी दिए । ५६ वर्षीया शाक्य विगत २ वर्षदेखि डिम्बाशयको क्यान्सरबाट पीडित रहेको श्रेष्ठले बताए । जनस्वास्थ्य विषयमा विद्यावारिधि गरेकी शाक्य अविवाहित थिइन् । 

प्रिन्सिपल श्रेष्ठका अनुसार हाल डा. शाक्य नयाँ बानेश्वरस्थित सिस्ट कलेजमा एक रिसर्च कमिटीमा आवद्ध थिइन् । कलेजको कालदेखिकै उनी आवद्ध  रहेकी थिइन् ।

उनले विभिन्न अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी थिइन् ।