समाचार

जनताले यो व्यवस्थालाई लुटतन्त्र भने- राजेन्द्र लिङ्देन

By खबरहब

February 07, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा सुशासन नहुनमा अहिलेको प्रणाली नै दोषी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली, नियुक्ति प्रणाली, ऐन निर्माण गर्ने विधिका कारण देशमा परिवर्तन सम्भव नभएको दाबी गरे । परिवर्तनको नाममा आएको व्यवस्था गणतन्त्र नै नभएको अध्यक्ष लिङ्देनको तर्क थियो ।

 जनताले यो व्यवस्थालाई लुटतन्त्र भनिरहेको उनको भनाई छ । राप्रपा पछाडि फर्कन नखोजेको तर्क राख्दै लिङ्देनले देश यही अवस्थामा रहिरहन नसक्ने बताए ।