समाचार

संविधानको रक्षामा चुनौती थपियो : जनार्दन शर्मा

By खबरहब

February 07, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानको रक्षामा चुनौती थपिएको बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य सञ्चालन व्यवस्था र संविधानको रक्षामा चुनौती थपिएको बताएका हुन् । 

राज्य सञ्चालन व्यवस्था र संविधानको रक्षाका लागि संसद्ले आवश्यकताअनुसार कानुन बनाउनुपर्ने उनको भनाइ छ । 

अघिल्लो सदनले एकमात्र कानुन बनाउन सकेको भन्दै उनले अब चालु अधिवेशनमा संसद्ले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए ।