सांकेतिक तस्बिर

देश/प्रदेश

अछाममा आगलागी हुँदा दुई  जनाको मृत्यु

By खबरहब

February 07, 2024

अछाम- अछाममा आगलागी हुँदा दुई  जनाको मृत्यु भएको छ ।

मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी दर्बाको गैरामा आज साँझ आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

घर नजिकै बालेको आगो गोठमा सल्किँदा ६ बर्सकी निरुता बुढा र ३ बर्सका अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।