ब्रेकिङ स्टोरी

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

By खबरहब

March 07, 2024

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउने बताइएको छ । नयाँ सत्ता गठबन्धनको ८ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्नेमध्ये जसपा पनि एउटा दल हो ।