ब्रेकिङ स्टोरी

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

By खबरहब

March 07, 2024

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान ९ बजे बस्ने जनाइएको छ ।

नयाँ राजनीतिक घटनाक्रमसँगै सत्तापक्षबाट विपक्षमा पुगेको कांग्रेसले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउनका लागि बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अकस्मात एमालेसहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको हो ।

यस्तै, कांग्रेसले लोकतान्त्रिक मोर्चा निर्माणको विषयमा पनि दलभित्र छलफल गर्ने भएको छ । यसका लागि कांग्रेसले हिजो मधेश केन्द्रित दलहरूसँग छलफल समेत गरेको छ ।

कांग्रेस सभापति देउवाले हिजो लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग छलफल गरेका थिए ।