ब्रेकिङ स्टोरी

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

By खबरहब

March 07, 2024

काठमाडौ‌– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएका प्रधानमन्त्री दाहालले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरूमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन तोकेर रुलिङ गरेको भए पनि सत्ता समीकरणको प्रक्रियासँगै सो बैठक स्थगित भएको थियो ।

सो बैठकमा प्रधानमन्त्री दाहालले शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको थियो ।