समाचार

संसद्‍मा रामहरिको ब्यङ्ग- हराएको प्रधानमन्त्री भेटिएकोमा बधाई

By खबरहब

March 07, 2024

काठमाडौं– नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले हराएको प्रधानमन्त्री भेटिएको बताएका छन् । 

आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले हराएको प्रधानमन्त्री भेट्ने अवसर पाएकोमा बधाई दिए । 

उनले भने, ‘सभामुख महोदय, सर्वप्रथम हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेटेको हार्दिक बधाई दिन चाहन्छु । अब सरकारलाई जनताले पनि भेटोस्, सहकारी पीडितहरूले न्याय पाउन, सरकारी ठगहरूले कारबाही पाउन । उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ, अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर प्राप्त होस शुभकामना ।’