राजनीति

गठबन्धन तोडेर प्रधानमन्त्रीले विश्वासघात गरे : कांग्रेस 

By खबरहब

March 07, 2024

काठमाडौं – नेपाली कांग्रेसलेका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले गठबन्धन तोडेर विश्वासघात गरेको आरोप लगाएका छन् ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले केही मन्त्रीहरूलाई कारण देखाएर प्रधानमन्त्रीले गठबन्धन तोड्नु राजनीतिक बेइमानी भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले गरेको यो विश्वासघात कांग्रेसका लागि मात्र होइन, निर्वाचनमा जनताका बिचमा गरेका बाचामाथिको पनि घात हो ।’ जनतामाथि पनि घात भएका कारण कांग्रेसले यसलाई निर्ममता पूर्वक राजनीतिक बेइमान हो भन्न बाध्य भएको उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीको कदमले देशमा अस्थिरता निम्तिएको लेखकको भनाई छ । गठबन्धन भत्काएर प्रधानमन्त्रीले जनमतको कदर नगरेको कांग्रेसको ठहर छ ।