समाचार

जसपाबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सुडी वनमन्त्री, कार्की राज्यमन्त्री

By खबरहब

March 07, 2024

काठमाडौं- जनता समाजवादी पार्टीले सरकारमा जाने दुई मन्त्रालय र मन्त्री टुङ्गो लगाएको छ । यस्तै जसपाले एक राज्यमन्त्रीको समेत टुङ्गो लगाएको हो ।

अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानसहित स्वास्थ्य मन्त्री दिने भएको छ भने वन तथा वातावरण मन्त्रीमा नवकिशोर साह सुडीलाई पठाउने निर्णय गरेको जसपाले जनाएको छ । 

यादव यसअघि पनि स्वास्थ्य मन्त्री बनिसकेका थिए ।  साह यस अगाडि मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सामाजिक विकासमन्त्री भइसकेका व्यक्ति हुन् ।

राज्यमन्त्रीमा भने दीपक कार्कीलाई पठाउने निर्णय गरेको हो । उनीहरूले आजै शपथ लिने बताइएको छ ।