समाचार

प्रधानमन्त्रीको यही चालले पाँच वर्षमा १३ पटक गठबन्धन फेरिन्छ : कांग्रेस 

By खबरहब

March 07, 2024

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको यहीँ चालले पाँच वर्षमा १३ पटक गठबन्धन फेरिने बताएका छन् ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले २०७९ पुस २ देखि अहिलेसम्म तीन पटक गठबन्धन फेरिएको भन्दै पाँच वर्षमा १३ पटक फेरिने बताए । 

उनले भने, ‘२०७९ पुस २ मा एउटा २ महिनापछि अर्को आज फेरी अर्को । यो ठिक बेठीकको आधार कुन हो ? पार्टीको नाम उहीँ पात्र पनि उहीँ हिजो कसरी बेठिक आज कसरी ठिक ?’