समाचार

प्रधानमन्त्रीलाई प्रश्न- तपाईंले धोका दिएका दल एक ठाउँमा उभिए कहाँ पुग्नुहुन्छ ?

By खबरहब

March 07, 2024

काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिन कसैलाई बाँकी नराखेको बताएका छन् ।

 आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालका राजनीतिक दल सबैले दाहालबाट धोका पाएको बताएका हुन् ।

 उनले भने, ‘प्रधानमन्त्री ज्यूले धोका नदिएको सायदै कुनै दल होला । तपाईंले धोका दिएका सबै दल एक ठाउँमा उभिए तपाईं कहाँ पुग्नुहुन्छ ?’