खेलकुद

साफ यू-१६ महिला फुटबल : भारतसँग नेपाल पराजित

By खबरहब

March 07, 2024

काठमाडौं– नेपाल जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको छ । 

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतसँग १०-० को हार बेहोरेसँगै नेपाल फाइनलमा पुग्न असफल भएको हो ।

जारी प्रतियोगितामा भारतको यो दोस्रो जित हो । भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार बेहोरेको थियो ।

यो जितपछि भारतको ३ खेलमा ६ अंक भएको छ र फाइनल खेल्ने निश्चित भएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-(० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । यो हारपछि नेपालको ३ खेलमा ३ अंक रहको छ । अब समुह चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशले भुटान खेल्न बाँकी रहेपनि फाइनलमा भारत र बंगलादेश खेल्ने निश्चित भएको छ । फाइनल खेल आइतबार हुने छ ।