फाइल फोटो

समाचार

शान्ति प्रक्रियाका विषयमा दलहरूबीच मतभेद छैन : अर्थमन्त्री पुन

By खबरहब

March 07, 2024

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा कांग्रेसलाई समेत विश्वास लिएर अघि बढ्ने बताएका छन् ।

बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गदै मन्त्री पुनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय समग्र मुलुकको विषय भएको भन्दै यसमा कांग्रेसलाई समेत विश्वास लिएर अघि बढ्ने बताएका हुन् । अरु राजनीतिक विषयमा दलहरूबीच मतभेद हुन सक्ने भएपनि शान्ति प्रक्रियाका विषयमा सबै दलहरूबीच मतभेद नरहेको उनले बताए ।

यस्तै मन्त्री पुनले परिवर्तन चाहने शक्तिहरु अहिले एक ठाँउमा आएकाले अव काम गरेर जनतामा परिवर्तनको महसुस गराउनुपर्ने धारणा राखे । उनले अहिले बाम एकताको कुनै सन्दर्भ नरहेको र सहकार्यको सन्दर्भ रहेको बताए । मन्त्री पुनले मुलुकको अर्थतन्त्र सुधारका लागि धेरै काम गर्नुपर्ने भन्दै सरकार गम्भीर भएर लाग्ने पनि बताए । 

त्यस्तै उनले बजेटमार्फत सरकारले खर्च गर्ने सामथ्र्य बढाउनुपर्ने र राजस्व संकलनलाई प्रभावकारी बनाउनुपर्ने र त्यसको योजना बनाइसकेको बताए ।