फोटो फिचर

शिवरात्रिको पूर्वसन्ध्या : सिँगारियो पशुपति  

By खबरहब

March 07, 2024

काठमाडौं– शुक्रबार मनाइने शिवरात्रिका लागि पशुपति क्षेत्रमा तयारी पूरा भएको छ । पशुपति विकास कोषले हरेक वर्ष झैँ यस वर्ष पनि शिवरात्रिका लागि पशुपति  परिसरमा सरसफाइदेखि सजावट र सुरक्षा व्यवस्थापन बलियो बनाएको छ ।

शिवरात्रि बनाउन आएका सन्यासीहरुले विहीबारदेखि नै धुनी जगाउन थालिसकेका छन् भने भक्तजनसमेत भेला हुन थालिसकेका छन् ।

पशुपतिनाथ मन्दिरमा शिवरात्रिका दिन बिहानैदेखि भक्तजनको ठूलो भीड लाग्ने गर्छ ।  फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व देशैभरिका शिव मन्दिरहरुमा भव्यरुपमा मनाइन्छ । पशुपतिनाथ मन्दिरमा शिवरात्रिका दिन भारतबाट समेत ठूलो संख्यामा तीर्थालु र सन्यासीहरु आउने गर्दछन् ।

शिवरात्रिमा पशुपतिमा भीड व्यवस्थापन र आसपासको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुने गरेकाले काेष र सरकारले विशेष व्यवस्थापन गर्दै आएका छन् ।

शिवरात्रिको अघिल्लोदिन पशुपतिमा देखिएका केही दृश्यहरु-