खेलकुद

इंग्लिस पिमियर लिग : आर्सनल शीर्षस्थानमा

By खबरहब

April 07, 2024

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनल शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्राइटनलाई ३–० गोलले हराउँदै आर्सनलले सहज जित निकालेको हो ।

आर्सनलका बुकायो साका, काई हाभर्टज र लियान्द्रो ट्रोससार्डले एक–एक गोल गरेका थिए ।

खेलको ३३औँ मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ६२औँ मिनेटमा हाभर्टजले टोलीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि ८६औँ मिनेटमा ट्रोससार्डले गरेको गोल सँगै आर्सनलले ३–० ले सहज जित निकाल्यो ।

यो जितसँगै आर्सनल ३१ खेलबाट ७१ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुलको ७० अंक छ । पराजित भएको ब्राइटन ४३ अंकसहित १०औँ स्थानमा छ ।