राजनीति

रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

By खबरहब

April 07, 2024

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक अपराह्न ५ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक, वैशाख १५ मा हुने उपनिर्वाचनको तयारी, संसदको कामकारबाहीमा पार्टीको भूमिका तथा संसदमा उपस्थितिलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ ।

संसदीय दलको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको अहिलेसम्मको कार्यसम्पादनबारे पनि छलफल हुनेछ।

यसैगरी, संसदमा प्रस्तुत भएका विधेयकरूमाथि पार्टीको साझा धारणा बनाउने विषयमा बैठकमा  छलफल हुने बताइएको छ ।